बैतडीमा शिक्षकबाट जनप्रनिधिलाई कुटीए

बैतडी:

बैतडीमा शिक्षकले जनप्रतिनिधिमाथी कुटपिट गरेका छन् । जिल्लाको सिगास गाउँपालिका ६ मा रहेको गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्ण बहादुर साउँदलाई कुटपिट गरेका हुन् ।

शेरा लेकम सिचाई सिचाई योजनाको बारेमा विवाद हुदा शिक्षक महेन्द्रले वडा सदस्य कृष्णमाथी कुटपिट गरेका हुन् । वडा सदस्य साउँदका टाउको र औँलामा चोट लागेको छ । वडा सदस्य साउँदले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको बताए ।

sanke

वडा अध्यक्ष तेज बहादुर साउँद काम विषेशले धनगढीमा छन् । कार्यबहाक अध्यक्षको रुपमा कृष्ण बहादुर साउँदलाई जिम्मेवारी दिएको र विवादको बारेमा खासै जानकारी नभएको बताएका छन् ।

घटनाको बारेमा जानकारी भएको र वडा अधयक्ष सहित बसेर आवस्यक प्रक्रियामा जाने उपाध्यक्ष धाना धामीले बताइन् ।

आरोपीत शिक्षकलाई यस विषयमा बुझ्न खोज्दा फोन उठेन ।

Leave A Reply

Your email address will not be published.