पाटन–१ वैयलचौरामामा ‘हाइस्कुल’ सञ्चालनका लागि ८० लाख बजेट, चन्दले गरे जग्गा दान

ललित बोहरा

बैतडीको पाटन नगरपालिका- १ वयलचौरामामा हाइस्कुल (५-१२) सञ्चालनका लागि ८० लाख बजेट विनीयोजीत भएको छ । संघ सरकारबाट गुथडी, पोखरी, बाटुलासौउ, गरालेक, गणेशपुर लगायतका गाउँको पाएक पर्ने स्थानमा मावि बिद्यालय सञ्चालनका लागि संघ सरकारले ८० लाख बजेट विनीयोजन गरेको उपप्रमुख कमल सिह बोहराले बताए ।

भौतिक संरचना नभएको नयाँ वयलचौरामा ८० लाखमा यो आर्थिक बर्षमा बिद्यालय भवन बन्ने वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए । उनले भने, ‘हामीले नयाँ मावि बनाउन बजेट माग गरेका थियौ, बजेट भएको छ अब नयाँ भवन बन्छन् यो बर्ष।’

बाटुलासौउ, गुथडी र पोखरीका बिद्यालयहरु वयलचौरामा मर्ज प्रक्रियामा जाने छन् । १- ८ बिद्यालयहरु कक्षा ५ सम्मको रहने र बाकी कक्षाहरु बयलाचौरबाटै सञ्चालन गर्ने की भनेबारे छलफल चलीरहेको सरस्वती आधारभूत विद्यालय मावि सञ्चालनका अभियान्ता शेरबाहादुर चन्दले बताए ।

बाटुलासैनका मिन बहादुर चन्दले विद्यालय भवन निर्माणका लागि जग्गा दान गर्नु भएको छ । सरस्वती आधारभूत विद्यालयलाई मावि स्तरको पढाई सञ्चालन गर्नको लागि आवस्यक भौतिक संरचना निर्माणका गर्न चन्दले जग्गा दान गुर्न भएको हो ।

सरस्वती आविमा आगामी शैक्षिक सत्रदेखि माविसम्मको पढाई सञ्चालनका लागि आवस्यक छलफल भइरहेको वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले जानकारी दिए । नजिक रहेका अन्य विद्यालहरुलाई मर्ज गरी कक्षा १० सम्मको पढाइका लागि छलफल भइरहेको उनले बताए ।

आइतबार पनि स्थानीयहरुसँग छलफल गरिने उनले बताए । भूमिराज आधारभूत विद्यालय, जनता आवि र सरस्वती आविलाई मर्ज गरि कक्षा १० सम्मको पढाई सञ्चालनको तयारी भइरहेको हो ।
त्यहाँका बालबालिकाहरु दैनिक ३ देखि ४ घण्टाको कष्टकर पैदल यात्रा गरेर किम्तोली वा मेल्चौराको विद्यालयमा जान बाध्य छन् ।

us dintal patan
Leave A Reply

Your email address will not be published.