४० मेगावाट अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण शुरु

बैतडी:

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण शुरु गरिएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युतगृहमा पानी खसालेर शुक्रवार हिजाेदेखि परीक्षण शुरु गरिएको हो ।

उहाँले भन्नुभयो, ‘आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण सफल भएको छ । शुक्रवार विद्युतगृहमा पानी खसालेर मेसिनको परीक्षण शुरु गरिएको हो ।’

शनिवार आजदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन गरी बलाचमाल रहेकाे सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि अबको करिब दुई हप्तापछि व्यावसायिक उत्पादन थाल्ने र आइतवार (भोलि) आयोजनाको उद्घाटन हुने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिनुभयो । निर्माण कम्पनीका अनुसार आठ अर्ब रुपैयाँ लागतमा ३० महिनामै निर्माणकार्य सम्पन्न भएको हो ।-रासस

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!