डडेल्धुरामा ३५ बर्षिया पुरुष मृत फेला

डडेल्धुरा:

डडेल्धुराको परशुराम नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाकाे परशुराम नगरपालिका-१० बस्ने ३५ बर्षिया प्रेम सिंह भाट मृत फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

उनको जोजला नजिकै पसलबाट घर जाने क्रममा बाटोमै मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि जोगबुढा अस्पताल राखीएकाे इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताए।

मृत्युको कारणबारे खुलेकाे छैन्र । मृतकका तीन छोरी र एक छोरा रहेका छन्।

Leave A Reply

Your email address will not be published.