मेलौली-८ ले ल्यायो बिद्यार्थी पोत्साहन कार्यक्रम, ‘ए’प्लसलाई ५० हजार पुरस्कार

बैतडी:

बैतडीको मेलौली नगरपालिका-८ ले बिद्यार्थी सम्मान तथा पोत्साहन कार्यक्रम बजेटमा समावेश गरेको छ ।

जिल्लाको तल्लो स्वराडमा पर्ने मेलौली-८ का युवा अध्यक्ष तपेन्द्र सिह बिष्टले बिद्यार्थी सम्मान तथा पोत्साहन कार्यक्रम आर्थिक बर्ष २०८०/८१ को बजेटमा समावेश गरेका बताए ।

यस वडा अन्र्तगत पर्ने कमलपुर मावि र गंगेश्वर आविमा कक्षा ८ र कक्षा १० अध्ययनरत बिद्यार्थीलाई बार्षीक परिक्षामा सर्वोत्तम, अतिउत्तम, उत्तम र राम्रोलाई गे्रड(नतिजा) अनुसार नगद तथा सम्मान गरिने वडा अध्यक्ष बिष्टले बताए ।

क्रमस सर्वोत्तम, अतिउत्तम, उत्तम र राम्रोलाई गे्रड(नतिजा) ल्याउनेलाई ५० हजार, २५ हजार, १० हजार, र ५ हजार नगद तथा सम्मान गरिने उनले बताए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.