बैंकको चर्को ब्याजविरुद्ध डडेल्धुराका व्यवसायीको प्रदर्शन

डडेल्धुरा:

बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजविरुद्ध डडेल्धुराका उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन्। चर्को ब्याजविरुद्ध डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी, व्यापारीहरूले मंगलबार प्रदर्शन गरेका हुन्।

व्यवसायीहरूले पहिलो चरणमा बिहानन ११ बजेसम्म बजार बन्द गर्नुका साथै शान्तिपूर्ण र्‍याली निकालेका छन्। बागबजारदेखि सुरु गरेको र्‍याली तुफानडाँडा हुँदै फेरि बागबजार पुगेर कोणसभामा परिणत भएको थियो। ‘ब्याजमा एकरूपता कायम गर, बैंक सधै नाफामा व्यापारी घाटामा, व्यावसायीक एकता जिन्दावाद’ लगायतका नारासहित बजार परिक्रम गरेका थिए।

बैंकको चर्को ब्याजदरविरुद्ध शान्तिपूर्ण विरोध र्‍याली निकालिएको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले बताए। उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको थियो।

Leave A Reply

Your email address will not be published.