बैतडीका दुई जना कैलालीमा बाघको छालासहित समातिए

कैलाली:

संरक्षित वन्यजन्तु बाघकोजस्तो देखिने छालासहित कैलालीमा २ जना पक्राउ परेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडबाट २ जनालाई पक्राउ गरेको हो।

sanke

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३० वर्षका हर्कबहादुर बिष्ट छन्।

उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको बाघको छाला बरामद भएको छ। उनीहरुले बाघको छाला बोकेर बेच्न हिँडेको आशंका प्रहरीको छ ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.