पहिरोले घर पुरिँदा बैतडीमा आमा छोराको मृत्यु, तीन घाईते

ललित बोहरा
बैतडी:
पहिरोले घर पुरिँदा बैतडीमा आमा छोराको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका २ मा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको हो ।

गएराती घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्ताजी २५ वर्षीया अञ्जु जागरी र करिब ५ वर्षका रिजन जागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

sanke

यस्तै मृतक अञ्जुका सासुआमा ४५ वर्षिया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षिया जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका बताइएको छ ।

प्रहरीका अनुसार घरमा पूर्ण क्षति पुगेको छ भने करिब एक दर्जन चौपायासमेत मरेका छन् ।

Leave A Reply

Your email address will not be published.