पुर्चौडी हाट ढोल्यामोड सडकखण्ड पहिरोले अबरुद्ध

लक्ष्मण बोहरा: बैतडी

बैतडीको पुर्चौडी हाट ढोल्यामोड सडक खण्डकाे वडा नम्बर ६ र ७ काे बिचमा पने भिणामोड पहिराेले अबरुद्ध भएको छ । लगातारको बर्षाले गएरातीदेखी पुर्चौडी हाट ढोल्यामोड सडकखण्डमा पहिरोले अबरुद्ध भएको स्थानीय जीत बोहराले बताए ।

पुर्चौडी नगरपालिका जोड्ने सडक अवरुद्ध भएपछि यातायात पुर्णरुपमा ठप्प छन् भने कार्यालयबाट सेवा लिने सेवाग्राहीलाई समस्या भएको उनले बताए । यातायात सञ्चालनमा नआएपछि खाद्यान ढुवानी समेत समस्या भएको छ ।

पुर्चौडी नगरपालिकाले जेसीबी लगायर सडक सञ्चालन गर्ने प्रयास भइरहेको नगर प्रमुख दिपक बमले बताए । उनले भने, हामीले जेसीबी पठाएका छौ सडक खुलाउने प्रयास जारी छ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.