डडेल्धुरामा स्याउले बजारबाट लागुऔषधसहित एकजना पक्राउ

डडेल्धुराः

डडेल्धुरामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन्। अमरगढी नगरपालिका–१ स्याउले बजारबाट ०.१८ ग्राम लागुऔषधसहित भारतीय नागरिक २४ वर्षीय मुन्ना खानलाई आइतबार पक्राउ गरिएको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिइएको प्रहरी टोलीले खानले संचालन गरेको जिप मर्मत गर्ने कोठाको खानतलासी गर्दा लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.