बैतडीका सिडियोसहित अधिंकाश कार्यालय प्रमुख जिल्ला बाहिर

ललित बोहरा- बैतडी : 
बैतडी जिल्लाका सिडियोसहित अधिंकाश कार्यालय प्रमुखहरु जिल्ला बाहिर गएका छन। इन्फो समाचारले कार्यालय प्रमुखलाई फोनबाटै सोधी-खोजी गर्दा अधिंकाश कार्यालय प्रमुखले धनगढी गएकाे बताएका छन्र । उनीहरुमध्ये केहीले गोष्ठीमा गएको बताएका छन् भने केही  बिदामा रहेको बताएका छन् ।
असार योजना भुक्तानी तथा तालिमहरु सकिएपछि कार्यालय प्रमुखहरु कार्यालयमा नबस्ने गरेको सेवाग्राहीहरु बताउछन् । सडक डिभिजन कार्यालय पुगेका पाटन नगरपालिका १ का पदम भट्टराईले भने, केही परार्मस तथा सल्लाह गर्नु पर्ने थियो अफिसमा हाकीम साप छैनन् ।  प्रमुख मात्र हैनन्र केही कार्यालय कर्मचारी पनि कार्यालयमै छैनन् । हाकिम नहुदाँ काम नहुने भन्दै हाजिर लगाएर कर्मचारीहरु घर जाने तथा अन्य काममा जाने गरेको पाईएको छ ।
कुन कार्यालयका प्रमुख कहाँ छन् ?
जिल्ला प्रशासन कार्यालय बैतडी प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी घर बिदा
कोष तथा लेखा नियन्त्रक कार्यालय मदन मगराती कोष प्रमुख नियन्त्रक बिदामा
डिभिजन सडक कार्यालय पाटन मुकुन्द लामिछाने डिभिजन प्रमुख  विभाग, काठमाण्डौ
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रविण कुमार अधिकारी खाद्य अनुसन्धान अधिकृत तीन दिन धनगढी गोष्ठी पछि काठमाण्डौ ७ दिन तालीम
 मालपोत कार्यालय कमलापती भट्ट कामु कार्यालय प्रमुख  काठमाण्डौ
जिल्ला हुलाक कार्यालय टिका सिंह रावल नि कार्यालय प्रमुख कार्यालयमै
नयाँ सहर आयोजना पाटन तुलसी राम खर्भुजा का मु आयोजना प्रमुख डोटी कामै त्यहीबाट
कारागार कार्यालय बैतडी धारा भण्डारीकार्यालय प्रमुख  कार्यालयमै
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कृष्ण बहादुर बोगटी नि डिभिजन प्रमुख धनगढी
 डिभिजन वन कार्यालय भीम प्रसाद कंडेल डिभिजनल वन अधिकृत कार्य सम्पादन मुल्याङन फारम भर्न धनगढी
स्वास्थय कार्यालय बैतडी प्रमुख योगेश भट्ट कार्यालयमै
कृषि ज्ञान केन्द्र घनश्याम चौधरी नि। कार्यालय प्रमुख धनगढी गोष्ठीमा
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुमानी पन्त नि.कार्यालय प्रमुख धनगढी गोष्ठीमा
सामाजिक विकास कार्यालय शंकर दत्त जोशी कार्यालय प्रमुख फोन निषेधित गरिएको
घरेलु तथा साना उद्योग कार्यालय अम्बा दत्त जोशी नि.कार्यालय प्रमुख कार्यालयमा
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मेलौली हिक्मत बहादुर चन्द नि। कार्यालय प्रमुख मेलौलीमै
सुख्खा फलफुल विकास केन्द्र सतबाँझ डम्बर सिह भाट नि. कार्यालय प्रमुख धनगढी समिक्षा
बृहत जलाधार व्यस्थापन केन्द्र माहाकाली, पाटन श्री पासाङ्ग तामाङ्ग वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत बाहिर
ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!