जोगबुढा अस्पतालमा ओपीडी टिकट निःशुल्क

डडेलधुरा :

डडेलधुराको परशुराम नगरपालिकाले स्वास्थ्य सेवा सम्बन्धी विभिन्न निर्णय गरेको छ ।

मंगलबार बसेको नगरपालिकाको बैठकले जोगबुढा अस्पतालमा ओपीडी टिकट निःशुल्क दिने निर्णय गरेको मेयर भरत बडायर जोशीले बताए । यसका साथै जोगबुढा अस्पतालमा पहिलो पटक दन्त सेवा सुरु भएको उनले बताए ।

मेयर जोशीका अनुसार नगरपालिकाले अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्ने निर्णय भएको छ । डेलिभरी केस रिफरका लागि अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालको व्यवस्थापन समुदायले गरेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.