बैतडी :
बैतडीको पुर्चाैडी नगरपालिका-२ को भैरुमा पहिरोमा परी मृत्यु भएका आफन्तलाई नगरपालिकाले क्षतिपुर्ती दिने भएको छ । यसैगरी घाइते भएकाहरुलाई उपचार खर्च समेत पालिकाले ब्यहोर्ने नगर प्रमुख दीपक बहादुर बमले बताए ।
सोमबार बिहान करिब २ बजेको समयमा पुर्चाैडी नगरपालिका २ को भैरु टोलमा घर पुरिदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको थियो भने अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् ।
उनिहरुको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । यसैगरी तत्काल बस्नको लागि वासस्थानको व्यवस्था गरिने पनि नगर प्रमुख बमले बताए ।
मृतकका परिवारको क्षतिपुर्तीको लागि कार्यपालिकाबाट निर्णय गरि क्षतिपुर्ति प्रदान गरिने नगर प्रमुख बमले बताए ।
सडकले लियो आमाछोरा ज्यान
पुर्चाैडी नगरपालिकाले जथाभावी रुपमा सडक निर्माण गरेका कारण आमाछोराको मृत्यु हुनेगरी पहिरो गएको पाइएको छ ।
गत जेठमा त्यहाका स्थानीयहरुले बिरोध जनाउदाजनउदै सडक निर्माण गरिएका र सोही सडकबाट खसेको माटोसहितको कारण पहिरा गएको बताएका छन् ।
सोही टोलका वडा सदस्य समेत रहेका कृष्ण बहादुर बोहराका अनुसार स्थानीयहरुले गाउँको बीजबाट सडक नलग्न भनेको भएपनि नगरपालिकाले सडक कटान गरेको र सोही सडकबाट खसेको पहिरोले सोमबार बिहानको पहिराले उक्त क्षति भएको बताए ।