बैतडीबाट प्रदेश सांसद भएका भट्ट मन्त्री बन्ने चर्चा

ललित बोहरा-बैतडी : 

सुदूरपश्चिम सरकारले पाँच महिनापछि पूर्णता पाउने भएको छ ।

नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन् । नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूको तर्फबाट मन्त्री हुनेहरूको आज साँझ ४ बजेट शपथ ग्रहण हुने जानकारी दिए ।

यहाँको आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि रिक्त रहेको छ । गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको छ ।

सो रिक्त मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री कमल बहादुर शाह पार्टीभित्र छलफल थालेका छन् । आजै नाम टुङ्गाएर शपथ ग्रहण गराउने मुख्यमन्त्रीको तयारी छ । नेपाली काँग्रेस स्रोतका अनुसार बैतडीबाट सांसद भएका शिवराज भट्टको नाम चर्चामा रहेको छ ।

बैतडी प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्ट नेपाली कांग्रेसका पुराना नेता हुन् । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेका लिलाधर भट्टले जित हात पारेको थिए । अहिलेको निर्वाचनमा एमालेका लिलाधर भट्टलाई पराजित गर्दै कांग्रेसका शिवराज भट्टले जित हात पारेका थिए ।

Leave A Reply

Your email address will not be published.