बैतडी:
बैतडीको सुनर्या गाउँपालिका- ६ को वडा कार्यालय सुविधा सम्पन्न ठाउँमा दिउँसो नै सारेको वडा अध्यक्ष मदन अवस्थीले बताए । निर्वतवान वडा अध्यक्ष जय बहादुर कुँवर घरमा करिब १ लाख भाडा तिर्नु पर्ने अहिले सामुदायीक भवनमा निः शुल्क बस्ने गरी सारेको उनले बताए ।
पुरानो वडा अध्यक्षको घरमा फोन नलाग्ने, इन्टरनेट नचल्ने र घरको वरिपारी मदिराका पसल भएकाले पनि समस्या भएपछि वडाका निवार्चीत जनप्रतिनिधीहरु र गाउँपालिको समेत निर्णय गरेर सारेका अध्यक्ष अवस्थीको भनाई छ ।
अहिले सारेको स्थानमा प्रहरी चौकी नजिक भएकाले पनि काम गर्ने र सरकारी कार्यालयको सुरक्षाका लागि राम्रो हुने उनको दाबी छ । ६ नम्बरको केन्द्र यता सार्दा धेरै दुरी पनि छैन वडा अध्यक्ष अवस्थीले भने, ४ सय मिटरको दुरी छ। यो पनि मेन रोडमै हो यो पनि मेन रोडमै हो । अपाएको पर्ने ठाउँ पनि हैन्।,
खालिडाँडामा वडा कार्यालय स्थापना हुन पर्ने माग राख्दै आन्दोलन भइरहेको छ । खालिडाँडाका जनता जग्गा दिन तयार भएको निर्वतमान वडा अध्यक्ष कुवँरले बताए ।