डडेल्धुराको अजयमेरूमा विपन्न र असहायलाई राहत तथा शैक्षिक सामग्री वितरण

डडेल्धुरा: डडेल्धुराको अजयमेरू गाउँपालिकामा विपन्न तथा असहाय परिवार र विद्यार्थीलाई राहत सामग्री र शैक्षिक सामग्री वितरण गरिएको छ।

दशैँको पूर्वसन्ध्यामा भक्त बीबी फर ह्युम्यानिटीले अजयमेरू गाउँपालिकाको वडा नम्बर १ देखि ६ भित्रका दृष्टिविहीन, अपांग, टुहुरा, मानसिक रोगी, अनाथ, एकल महिला-पुरुष, वृद्धवृद्धा र असहाय व्यक्तिहरूलाई खाद्यान्नलगायतका सामग्री र आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई कापी, कलमसहितका शैक्षिक सामग्री वितरण गरिएको हो।

संस्थाका प्रतिनिधि संकर भण्डारीका अनुसार, कुल ३२ घरपरिवारलाई खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्री र २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो। राहत सामग्रीमा चामल, दाल, तेल, नुन, साबुन, चिनी, चियापत्ती, सोडा, सलाई, मसला, कोलगेट, ब्रस र गुड लगायत अतिआवश्यक समाग्री वितरण गरेको छ।

अजयमेरू गाउँपालिका -१, खतेडाकी बसन्ती पाण्डेले भनिन् “दशैँ नजिकिँदै गर्दा नुन-तेलको जोहो कसरी गर्ने भन्ने चिन्ता थियो। यो राहतले हामीलाई चाडपर्व मनाउन र दुई गास मीठो-मसिनो खान सहज बनाइदिएको छ।”

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!