डडेल्धुरा बहुमुखी क्याम्पस: स्ववियु निर्वाचनको तालिका सार्वजनिक

डडेल्धुरा :

डडेल्धुरा बहुमुखी क्याम्पसले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिको कार्यालयले आज सूचना जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

फागुन १९ गते संघ, संगठन र समूह दर्ता, २१ गते मतदाता सूची प्रकाशन, २५ गते १ बजेसम्म मतदाता सूचीमाथि दाबी विरोध, २५ गते ५ बजेसम्म अन्तिम नामावली प्रकाशन, २६ गते मनोनयनपत्र वितरण, २७ गते ११ बजेदेखि २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

 

निर्वाचन अधिकृत भुवनेश्वर पनेरुले सार्वजनिक गरेको तालिकाअनुसार २७ गते ५ बजे उम्मेदवारको नामावली प्रकाशन, २८ गते ११ बजेदेखि २ बजेसम्म उम्मेदवारको नामउपर दाबी विरोध, २८ गते ५ बजे छानबिनपछि उम्मेदवारको नामावली प्रकाशन, २९ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय, २९ गते २ बजे उम्मेदवारको अन्तिम नावाली प्रकाशन र चैत ५ गते विहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.