नागरिक उन्मुक्तिले भन्यो : ‘भागवण्डा मिलेको छैन, सुुदूरपश्चिम प्रदेश सरकारमा जादैनौं’

धनगढी:

सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी नहुने भएको छ। केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफूहरु सरकारमा सहभागी नहुने जानकारी गराएकी हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेकी श्रेष्ठले पठाएको पत्रमा भनिएको छ, ‘पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराइन्छ।’

नागरिक उन्मुक्ति पार्टी मंगलबार प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको थियो। सोही अनुसार दलको कार्यालयले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण चौधरीको नाम सिफारिस गरेको थियो।

मन्त्री सिफारिसपछि उन्मुक्ति भित्र असन्तुष्ट प्रदेश सभा सदस्यहरुले नियुक्ति तथा सपथ कार्यक्रम नगर्न मुख्यमन्त्रीसँग अनुरोध गरेका थिए।

us dintal patan
Leave A Reply

Your email address will not be published.