पाटन-५ मा पर्ने त्रिपुरेश्वर मावि द्वाकुलडाले पायो कक्षा ११ अनुमती, भर्ना सुरु

बैतडी:

बैतडीको पाटन नगरपालिका-५ मा पर्ने त्रिपुरेश्वर मावि द्वाकुलडा यो बर्षबाट ११ कक्षाको भर्ना खुलेको छ ।

पाटन नगरपालिकाले शैक्षिक सत्र २०८० ८१ का लागि कक्षा ११ मा शिक्षा र लेखा संकायमा भर्ना तथा अध्ययपन अनुमती प्रदान गरेको बिद्यालयका प्रधानाध्यापक नारायण सिह ठगुन्नाले बताए ।

बिद्यालयले एक सूचना जारी गर्दै वडा नम्बर ५ ले भर्ना शुल्क दिने भएकाले निशुल्क भर्ना हुन आउन भनेको छ । बिद्यालय सञ्चालन तथा व्यवस्थापनमा विशेष सहयोग तथा पहल गर्न हुने सम्पुर्ण अभिभावक, विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष फुनि बोहरा, समाजीक विकास समिति संयोजक हरिष बिष्ट तथा पाटन नगरपालिका उपप्रमुख कमल बोहरालाई बिद्यालयले धन्यवाद दिएका छन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.