बझाङमा जिप दुर्घटना, चालक हाम फालेर ज्यान जोगाउन सफल

बझाङ:

बझाङमा जलविद्युत आयोजना (हाइड्रोपावर)को केमिकल बोकेको जिप दुर्घटना भएको छ। जिल्लाको तल्कोट गाउँपालिका–१ सुनिकोट मोडमा चैनपुर सेती हाइड्रोपावरको केमिकल लगेर गएको जिप दुर्घटना भएको हो।
मोडमा अनियन्त्रित भएर खसेको बा १० च ७२४३ नम्बर जिपमा यात्रु सवार नरहेको र चालकले हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए। चालक शान्तीनगर–६ दाङका ३६ वर्षीय उमाशंकर बोगटी रहेको उनले बताए। दुर्घटनामा परेको जिप टुक्रा–टुक्रा भएको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.