टुहुरा तथा बेसहारा बालबालिकालाई न्यानो लुगा र शैक्षिक समाग्री वितरण

बैतडी : टुहुरा तथा बेसहारा बालबालिकालाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरिएको छ। जिल्लाको पाटन नगरपालिका- ९  हुकेडाडाँमा रहेको शिद्धेश्वर माध्मीक विद्यालयमा अध्ययरत टुहुरा तथा बेसहारा बालबालिकालाई वडा अध्यक्ष कालु सिह भाट र समाजसेवी कृष्ण सिह भागले न्यानो लुगा, शैक्षिक सामग्री वितरण गरेका हुन् ।

डडेल्धुराका दुई दाजुभाई एक अपागंता भएका छ भने सानो भाइ राम्रो भएपनि उनका बुवाले दास्रो बिहेगरेका छन् । छात्रावासमा भर्ना गरेर आमा रोजगारीका लागि भारत गएकी छन् । यहाँ चासो सुरु भएपनि उनीहरुसंग न्यानो लुगा समेत नभएपछि वडा अध्यक्ष भाट, र समाजसेवी कृष्ण भाटले वितरण गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम भाटले बताए ।

सहयोग हातहरुले उपलब्ध गराएको सामग्रीहरूले विद्यालय तथा बालबालिकाहरुलाई ठूलो सहयोग पुग्ने अध्यक्ष भाटले बताए ।

छात्रावासमा डडेल्धुरा, बैतडीका बालबालिका अध्ययनरत छन् । यसै बिच शोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसहितका जनप्रतिनिधहरुले शिद्धेश्वर माविको निरिक्षण भ्रमण गरेका छन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!