छानविन समितिले भन्यो-उद्यमी कोशेली घरको छत पिलर छोपीएन, चुहिने भयो, काठमा धमीरा लागे
छानविन समितिले पाटन नगरपालिकालाई बुझायो प्रतिवेदन, तीन योजनामा कैफियत
बैतडी : बैतडीको पाटन नगरपालिकामा विवादित योजनामा छानविन भएको छ । जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र धामी नेतृत्वको समितिले मंगलबार नगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका इन्जीनियर प्रभु शाह, कोष तथा लेखा नियन्त्रक कार्यालय लेखापाल गोविन्द रावलसहित तीन सदस्यीय समितिले करिब एक महिना लगाएर छानविन गरेको समिति संयोजक धामीले बताए ।
उनले नगरकार्यपालिकाले विवादित ४ योजनामा छानविन गर्न लेखित निर्णय गरेर परिपत्र जिल्ला समन्वय समितिलाई दिए अनुसार आफुहरुले स्टमेट अनुसारको काम भए नभएको छानविन गरेको बताए ।
समितिले उद्यमी कोशेली घर पाटन नगरपालिका-६ मा निमार्ण भएको भवनमा कैफियत भेटाएको छ । समितिले पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावललाई बुझाएको प्रतिवेदनमा डिजाइन स्वीकृत बिना भवन निमार्ण भएको जनाएको छ ।
भुइतल्ला कोरा मसिनो पनिङ, प्लोरिङ उप्केको, छतमा पिल्लर नछोपीने गरी काम भएको तथा कुनामा चुहीने, ढोकाको चौखट काठमा धमिरा लागेको, भवन प्रयोग बिहीन रहेको छ ।

नगरपालिकाले गत असार २४ सम्म काम सम्पन्न नगरेको भन्दै बैकलाई पत्रलेखेर करिब ४ महिनाबाट भुक्तानी रोक्का गरेको छ ।
उक्त कोशेली घरको भवन पाटन बजार व्यवस्थापन समितिले निमार्ण गरेको हो ।
अर्को योजना हाटबजार, कुनै कैफियत नभएको तथा प्रयोगमा नरहेको उल्लेख छ । यसको पनि बजेट बैकमा रोक्का गरिएको छ । भुक्तानी हुने समय असार २४ सम्म निमार्ण सम्पन्न भएको थिएन् ।
यता अर्को विवादीत योजना हो शिद्धनाथ उदयदेव धार्मीक पर्यटकीय योजना ठेक्का मार्फत टेवा प्रर्खाल निमार्ण भएको छ । छानविन समितिले टेवा प्रर्खालको लागत स्वीकृत भएको देखाएको छ । भने ढुङगा गारोको टेवा प्रर्खालमा प्रथम रनिङमा कुल लम्बाई ८० मिटर देखाए पनि फिल्डमा ७०.८० मिटर मात्र निमार्ण गरेको देखिएको छ । सडकतर्फ प्रर्खाल नभएको ।
यता सेफ हाउसमा घेरबारको प्रर्खाल सडक नालीबाट माथि निमार्ण गरेको तथा एक खुटकील्लामा २० सेमी काम निमार्ण भएको छानविन समिति संयोजक धामीले बताए ।

कार्यपालिकाले छनविनका लागि दिएका योजनाहरुमा आफुहरुले अनुगमन गरेको धामीले बताए । नेकपा एमालेका नेता धर्मान्नद भट्टले आफुहरुले छनविनका लागि माग गरेका थप योजनाहरु भएपनि नगरपालिकाले ४ मात्र गरेकोमा आपत्ती जनाएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा पुगेका भट्टले आन्दोलीत नेकपा एमालेले मागरेको कार्यालय कर्मचारीको टिएडीए तथा गाडी भाडा लगायतका विवादीत योजनाको समेत गरेको प्रष्ट छानविन नभएको बताए ।
जवाफमा नगरप्रमुख गौरी सिह रावलले आशंका गरेका हरेक योजनामा सूचनाको अधिकार प्रयोग गरेर सूचना माग गर्नु सकिने बताए । उनले नगरपालिका जवाफदेहीता पार्दशीता कामय गर्ने प्रतिब्द्ध रहेको बताए ।

