डडेल्धुराको भद्रपुर आधारभुत अस्पताल तोकियो स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकालाई स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दु तोकेको छ ।

गाउँपालिकाको वडा नमबर ३ मा रहेको आधारभुत अस्पताल भद्रपुरलाई प्रथम सेवा विन्दु तोकिएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले बताए ।

योसंगै डडेल्धुराका दुई स्थानीय तह अजयमेरु र परशुराम नगरपालिकाबाट बिमाको प्रथम सेवा बिन्दुको सेवा दिने पालिका भएका छन् । डडेल्धुरामा संघिय सरकार मातहतको डडेल्धुरा अस्पताल र स्थानीय सरकार अन्र्तगतको जोगबुडा अस्पतालले स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा विन्दु जारी नै थियो ।

देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ । स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा काम गर्ने अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी व्यवस्था मिलाएको बोर्डका जनस्वास्थ्य अधिकृत मल्लले बताए ।

मल्लकाअनुसार यो निर्णयसँगै बीमितले आफु नजिकको प्रथम सेवा विन्दुमा गई उपचारको सुरुवाती सुविधा लिन सक्ने भएका छन् ।

स्वास्थ्य बीमा बोर्डले तोकेका प्रथम सेवा विन्दुलाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आवश्यक विवरण पठाउन आग्रह गरेको थियो ।

स्थानीय तहबाट प्राप्त हुने प्रथम सेवा विन्दुको माग र प्रस्तावित प्रथम सेवा विन्दुको न्यूतम अपुग मापदण्ड एक महिना भित्रमा पुरा गर्ने पतिवद्धताका आधारमा बोर्डले नयाँ प्रथम सेवा विन्दु गरेको हो ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!