बैतडी पाटनमा लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ

बैतडी : बैतडीको पाटनमामा लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । एकजनालाई मंगलबार र एकजनालाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा पाटन नगरपालिका वडा नं ६ कडालीका २३ बर्षीय कपिल कठायत र पाटन नगरपालिका–४ खोल्सी, मोहनपुरका का ३० बर्षीय हिमाल भट्ट रहेका छन् ।

इलाका प्रहरी कार्यालय पाटनले कठायतलाई बुधबार दिउँसो समयमा पाटन बजार क्षेत्रबाट ३ ग्राम २२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

बजार क्षेत्रमा हिँडिरहेका कठायतलाई शंकाको आधारमा चेकजाँच गर्दा कम्मरमा लुकाइ राखिएको अवस्थामा सो परिमाणको लागू औषध खैरो हेरोइन फेला परेको प्रहरी निरीक्षक सिंहले बताए ।

यस्तै मंगलबार पक्राउ परेका भट्टको साथमा ६० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार साँझ साढे पाँच बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुवैजनालाई सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय पाटनको समन्वयमा नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैजनामाथि अदालतबाट म्याद थपेर अनुसन्धान बढेको छ ।

इलाका प्रहरी कार्यालय पाटनमा नयाँ इन्सपेक्टर इन्द्र भट्ट भएपछि लागू औषधविरुद्धको अप्रेशन शुरु गरेको छ । लागू औषधका कारण थुप्रै युवाहरु दुव्र्यसनमा फसेकाले लागू औषधविरुद्धको अप्रेशन शुरु गरिएको जनाइएको छ ।

मेलौलीमा सेवन कर्ता ७६ जनाको लिष्ट नै बनाएको छ । पञ्चेश्वर शिवनाथ गाउँपालिका र मेलौली , पाटन नगरपालिकामा समेत लागू औषध सेवन कर्ता बढेको प्रति सरोकारवाला चिन्तीत छन् ।

मेलौलीमा सेवन कर्ता ७६ जनाको लिष्ट नै बनाएको छ । पञ्चेश्वर शिवनाथ गाउँपालिका र मेलौली , पाटन नगरपालिकामा समेत लागू औषध सेवन कर्ता बढेको प्रति सरोकारवाला चिन्तीत छन् ।

सेवनकर्ता पढेपछि बजार क्षेत्रमा चोरी, लुटपाटका घटना बढ्ने जोखीम बढेको स्थानीय बताउछन् । यस अगाडी पाटन नगरपालिका वडा नम्बर ५ मा पर्ने अतोलाबाट गाडीमा लुकाई छिपाइ ल्याउदै गरेको खैरो हेराइनसहित एक जना पक्राउ परेका थिए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!