बैतडीः सदरमुकाम नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक दशरथचन्द नगरपालिका–४ बाबेतका ४० वर्षीय कपिल जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार जोशी शनिबार उक्त स्थानमा मृत अवस्थामा भेटिएका हुन्।
शुक्रबार घरबाट निस्किएका जोशी नफर्केपछि खोजतलास गर्ने क्रममा बाबेत नजिकै रहेको घोरोटो बाटोबाट करिब १० मिटर तल उनको शव फेला परेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

