आलिताल गाउँपालिका–८ गोदाम बजारबाट बाहिरीसैनतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार, भे १ त ७८५४ नम्बरको ट्याक्टर दुर्घटनामा २७ वर्षीय भरत रावतको मृत्यु भएको हो।
घाइतेमा १९ वर्षीय पवन बिक, २५ वर्षीय तिलक चोखाल र ४ वर्षका सन्तोष रोका परेका छन्।
घाइतेमध्ये बिक र चोखालको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ भने रोकालाई थप उपचारका लागि धनगढी पठाइएको छ।
ट्याक्टर चालक २७ वर्षीय योगेन्द्र घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

