एमालेको प्रतिनिधि छनौट प्रक्रियामा नेता चन्दको तिब्र असन्तुष्टी, व्यापक धाँधलीको आरोप

ललित बोहरा/बैतडी : बैतडीबाट एमालेले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा नेता गोरखबहादुर चन्दले असन्तुष्टी व्यक्त गरेका छन् ।

सर्वसम्मतको नाममा आफूलाई महाधिवेशन प्रतिनिधिबाट हटाएको भन्दै प्रदेश कमिटि सल्लाहकार सदस्य चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत यो निर्णय महंगो तथा हिसाव किताब गर्ने बताए ।

प्रतिनिधि छनौटमा व्यापक धाँधली भएको भन्दै चन्दले केन्द्रीय सदस्य दामोदर भण्डारी र लिलाधर भट्टको एमाले कम्पनी बन्नेको आरोप लगाए । उनले आफूलाई प्रतिनिधिबाट आउट सफल हुनेहरुले हिसाव किताब राख्ने बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘मलाई प्रतिनिधिबाट आउट गर्न ठूलो षडयन्त्र भएको छ । २०६२ ६३ बाछ पार्टीमा हाम्रो पनि रगत पसीना छ । यसका हिसाब किताब व्याजसहित असुल गराउने प्रतिबद्धता जाहेर गर्दछु ।’

प्रतिनिधिमा आफूले उम्मेदवारी दिएको तर आफूलाई बिना कारण आउट गरेको उनले बताए । प्रतिनिधि छनौट प्रक्रियामा आफ्नो गम्भीर असहमति रहेको चन्दको भनाइ छ ।

दुर्गम पञ्चेश्वरबाट उदायका चन्द पञ्चेश्वर गाउँपालिका अध्यक्षमा एमालेबाट लगातर दुई पटक निर्वाचित भइसकेका छन् । उनलाई एमाले जिल्ला अध्यक्ष बनाउनबाट सर्वसहमतीका नाम रोकिएको आरोप एमाले नेताहरुलाई अहिले पनि लाग्ने गरेको छ ।

उता मेलौली नगरपालिका वडा नम्बर ८ का एमालेबाट निर्वाचीत जेन्जी उमेर समुहका वडा अध्यक्ष तपेन्द्र बिष्टले अध्यक्ष चन्द प्रतिनिधी रोक्नु दुखद भएको फेसबुकमै लेखेका छन् । सर्बसम्मतका नाममा गोरख बहादुर चन्द लगायतलाई प्रतिनिधिको सुचिबाट हटाएको कुरा उचित होईन । यसले ढिलो चाडो, प्रत्यक्ष अप्रत्यक्ष रुपमा पार्टीलाई गम्भीर नोक्सानी गर्नेछ । ब्यक्तिगत मुठभेद, आपसी द्वन्द्व र आफू निकटहरुलाई मात्र अगाडि बढेको हेर्न चाहनेहरुले गर्दा पार्टीलाई केहिनकेही नोक्सान अवश्य हुनेछ । वडा अध्यक्ष बिष्टले लेखेका छन्।

एमाले बैतडीले सर्वसम्मत रुपमा १५ जना प्रतिनिधि छनौट गरेको दाबी गरेपनि असन्तुष्टीका स्वर सुनिन थालेका हुन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!