बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दले गरे एमाले परित्याग गरेको घोषणा
बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
आइतबार बिहान समाजिक सञ्जाल फेसबुकमा एमाले नेता लिलाधर भट्टका कारण नेकपा एमाले पार्टी परित्याग घोषणा गरेको प्रष्ट पारेका छन् ।
उनले लिलाधरले आफु भन्दा चर्चा मेरो देखेपछि मलाई पार्टीबाट कारबाहि सिफारिस गरेका तथा प्रतिस्प्रति देखेपछि पार्टीबाट हटाउन अनेकनौ जालझेल निरन्तर लागिरह्यो पछिल्लो घटना मलाई पार्टी प्रतिनिधि हुन नदिने त्यसैको उदाहरण हो । उनले फेसबुकमा लेखेका छन् ।
प्रदेश कमिटि सल्लाहकार सदस्य चन्दले विशेष गरी एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा व्यापक असन्तुष्टी हिजोबाट जनाइरहेका थिए ।
वि.स २०७४ र २०७९ मा गरि दुई पटक एमालेबाट उनी गाउँपालिका अध्यक्ष निर्वाचीत भएको हुन् । कुलाउ क्यापसको प्रमुख रहेका चन्दले २०४७ शालबाटै राजनितीमा लागेका हुन् । उनले गत एमाले जिल्ला अधिवेदनमा जिल्ला अध्यक्षको दाबी गरेका थिए । उनको मुख्य सहयागी युवा नेता सन्तोष जोशीले एमलो छोडेर स्वतन्त्र चुनाव लडेका थिए ।उनी पनि अहिले बैतडीको डिलाशैनि गाउँपालिकाअ अध्यक्ष छन् । पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य दामोदर भण्डारी र केन्द्रीय सदस्य लिलाधर भटट्ले आफ्नो राजनितीक जिवन उच्च बनाउन उनलाई निरन्तर दबाबमा राखेका थिए । तल्लो स्वराडमा चर्चीत नेताको रुपमा रहेका चन्द र लिलिधर भट्टको प्रदेश निर्वाचन क्षेत्र एउटै पर्छ ।
प्रतिनिधि छनोट बैठकमा एमाले नेतृ सकुन्तला साउँद रुदै बाहिरीएको स्रोतले जनाएको छ । पुराना नेता की छोरी साउँदलाई मेलौली नगरपालिकाको उपप्रमुखको उम्मेदवारीबाट समेत रोकिएको थियो । उनी पनि एमालेदेखी रुष्ट छन् । यता मेलौलीकै वडा नम्बर ८ वडा युवा वडा अध्यक्षले समेत अध्यक्ष चन्दलाई प्रतिििनधी नबाउन गलत भएको बताएका छन् । अहिले दोगडाकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष प्रतिनिधि छनोट हुँदा त्त्लोस्वराडबाट कम प्रतिनिधि छनोट भएपछि स्वराड हेपीएको बिषयमा सामाजीक सञ्जाल आलोचना एमालेको भइरहेको छ ।

