डडेल्धुरामा एक कर्मचारीको भरमा २४ घण्टा रत्त संचार सेवा केन्द्र

डडेल्धुरा : डडेल्धुरामा एक कर्मचारीको भरमा २४ घण्टा रत्त संचार सेवा केन्द्र सञ्चालीत छ । नेपाल रेडक्रस सोसाइटी शाखा डडेल्धुराले सञ्चालन गर्दै आएको ब्लड बैंकमा एक जना प्रयोगशाला कर्मचारीको भरमा २४ घण्ट सेवा दिइरहेको छ ।

प्रशासन र कार्यालय सहयोगी गरी तीन जना भएपनि ब्लड बैंकमा नियमीत वा रातदिन खटिने कर्मचारी कृष्ण पनेरु हमाल मात्र हुन् । कुनै बेला विभिन्न संघ संस्थाले सहयोग गरीरहेको रेडक्रसलाई अहिले घरभाडाबाट कर्मचारी राख्नु सञ्चालक समितिलाई बाध्यता छ ।

कर्मचारी थप भर्ना गर्न नसक्दा दशै तिहार जस्ता चाडपर्व तथा आक्समीक घरपारिवारी काम समेत बिरामीको रक्षाका लागी छोड्नु पर्ने बाध्यता रहेका ब्लड बैंक डडेल्धुराका इञ्र्चाज कृष्ण पनेरु हमालले बताए । उनले भने, २४ घण्टा नसुतेरै काम गर्नु परेको छ। अस्पतालले पठाएमा बिदा मिल्छ नत्र सधै यही हुनु पर्छ ।

सुदुरपञ्चिमको एक मात्र संघिय अस्पताल डडेल्धुरा अस्पतालमा आउने बिरामीका लागी २४ घण्टा सेवा दिइरहेको छ । दैनिक गर्ववती महिला, अपरेसन गर्नु पर्ने, रक्त सराव तथा डाइलोसिसका बिरामीका लागि १० देखी १० पेन्ट रगत माग भइरहेको हुन्छ ।

अस्पताल गेटमा सेवा दिइरहेको ब्लड बैकले अहिले रगत दान गर्ने दात्ता घटदै गएको समस्या पनि खेप्न परेको ब्लड बैंक डडेल्धुराका इञ्र्चाज पनेरुले बताए । डडेल्धुरा अस्पतालमा समेत मिनि ब्लड बैंक सञ्चालन गरेको भएपनि अहिले बन्द अवस्थामा छ ।

रेडक्रमसंग एक सम्झैता गरेर अस्पतालले मिनि ब्लड बैंकका उपकरण थ्नकाएको छ । आवश्यक परेमा सञ्चालनमा ल्याउन सकिने डडेल्धुरा अस्पताल व्यवस्था समितिका अध्यक्ष करुणकर ओझाले बताए ।

नेपाल रेडक्रस सोसाइटीलाई इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस (आइएफआरसी) ले आगामी अप्रिल (तीन महिना)सम्म विवाद समाधान नगरे निलम्बन गर्ने चेतावनी दिएको छ । आइएफआरसीअन्तर्गतको अनुपालन तथा मध्यस्थता समिति (सिएमसी)ले यस्तो चेतावनी दिएको हो ।

नेपाल रेडक्रसमा प्रा. सुदर्शन नेपाल र डा. विशाल भण्डारी नेतृत्वका छुट्टाछुट्टै कार्यसमिति क्रियाशील छन् । यी दुवैलाई सरकार र आइएफआरसीले मान्यता दिएका छैनन् । तर डडेल्धुरा रेडक्रसले भने मनवीय रक्षाका लागि सेवा गरिरहेको छ । निलम्बनमा परे सो सेवा बन्द हुने खतरा छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!