ललित बोहरा / डडेल्धुरा : डडेल्धुराको गन्यापधुराले बाँझो जग्गामा खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ ।
गन्यापधुरा गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को बार्षिक स्विकृत कार्यक्रम अनुसार सशर्त अनुदान अन्तर्गत बजेटबाट बाँझो जग्गा सदुपयोग कार्यक्रम संञ्चालन गर्ने गरिरहेको गाउँपालिका कृषि अधिकृत योगेन्द्र देउबाले बताए ।
बाँझो जग्गामा तकारी खेती लगायतका नगदेबाली उत्पादन गर्ने कृषक समुह, कृषि सहकारी, कृषक र्फमलाई एक रोपनी बराबर ३ हजार नगद तथा पोलीहावस, बिउ, बिषादी लगायतका उपकरण आवश्यकता अनुसार सहयोग गरिने कृषि अधिकृत देउबाले बताए।
इच्छुक कृषक समुह, कृषि सहकारी संस्था, कृषि फर्म उधमी कृषकहरुले आवश्यक कागजात सहित यो सुचना प्रकाशित भएको मितिले २१ आवेदन दर्ता गर्न हुन सम्बन्धित सबैका लागी गाउँपालिकाले एकसूचना जारी गरेको छ ।
गन्यापधुरा गाउँपालिको गाउँपालिकाले बजेटमार्फत कृषि उत्पादनमा लगानी गरिरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार बाँझो जमिनमा खेती गर्नेदेखी व्यवयासी खेती गर्ने कृषकलाई अनुदानका कार्यक्रम लागु गरिएका छन् ।
गाउँपालिको निती तथा कार्यक्रममा समेत हामी विकास गर्न सक्छौं सबै सम्भव छ हाम्रो गाउँको विकास म स्वयंबाट सुरु गर्छु, भन्ने नारालाई आत्मसाथ गर्दै आधारभुत गाउँ स्वयंसेवी गाउँ तथा आत्मनिर्भर गाउँ घोषणा गर्दै लगिने उल्लेख छ ।
बाँझो खेततर्फ कृषकको आकर्षण बढाउन ल्याएको कार्यक्रम सहानीय भएको कृषक खेमराज अवस्थीले बताए ।

