खानेपानीकाे माग गर्दै पाटन नगरपालिका वडा नं ३ मा तालाबन्दी 

बैतडी: बैतडीको पाटन नगरपालिका वडा नं ३ को कार्यालय गुजरमा तालाबन्दी गरिएको छ ।

वडाभित्रको कल्तडी–गाँजरी टोलका युवा तथा स्थानीयहरुले खानेपानी योजना वितरणमा समानता नभएको भन्दै बुधबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडाको हरेक बजेट पारदर्शी हुनुपर्ने,बजेट तथा योजना वितरणमा समानता हुनुपर्ने, स्थानीयहरुको आवश्यकता अनुसार बजेट र योजना बनाउनुपर्ने लगायतका माग राखेर तालाबन्दी गरिएको स्थानीय सुरेश बिष्टले बताए ।

आफूहरुको टोलमा खानेपानीको समस्या रहेको र खानेपानी ट्यांकी निर्माणका लागि लगातर तीन बर्षदेखि माग गर्दै आएको भएपनि माग सम्बोधन नगरेकाले तालाबन्दी गर्नुपरेको बिष्टले बताए । आफूहरुको माग पूरा नहुँदा सम्म तालाबन्दी नखोल्ने उनले जिकिर गरेका छन् ।

वडा अध्यक्ष करुणाकर भट्टले आगामी बर्षको बजेटमा गाँजरीबासीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपनि नमानेर तालाबन्दी गरेको बताए । यो बर्षको बजेटमा ट्यांकी निर्माणको योजना छुट्याउन नसकिएको र आगामी बर्ष योजना हाल्ने आफूले प्रतिबद्धता जनाएको उनले बताए ।

वडा अध्यक्षकाे कार्यच वडा कार्यालयमा तालाबन्दी भएपछि वडाले प्रदान गर्ने सेवा अवरुद्ध भएका छन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!