अधिकारकर्मी नेपालीले गरिन् आमा बुवाको सम्झनामा अक्षयकोष स्थापना

बैतडी : दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले आफूले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेकी छिन ।

उनले स्वः आमा बिष्ना नेपाली र स्वः बुवा नन्दे नेपालीको सम्झनामा बैतडीको दशरथ चन्द नगरपालिका – ४ स्थित वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकमा ५० हजारको अक्षयकोष स्थापना गरेकी हुन ।

उनले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान र अपाङ्ग‌ता दिवसको अवसरमा अक्षयकोष स्थापना गरेको बताइन ।

उनले आफू हुर्के बढेको ठाउँ र कखरा सुरु गरेको विद्यालयका विद्यार्थीहरुको हितमा खर्च होस भनेर बुवा आमाको नाममा अक्षय कोष स्थापना गरिएको बताइन । अक्षयकोषबाट गरिब दलित जेहनदार उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

यो पनि..

बैतडीकी अधिकारकर्मी सरस्वती नेपालीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!