पाटन-लोर्खा सडक कालोपत्रे : सम्झैता भएको ५ महिना पुरा, काम सुरु भएन्

बैतडी : बैतडीको पाटन- पञ्चेश्वर सडक खण्ड अन्र्तगत बजारदेखी लोर्खा क्षेत्र कालोपत्रेको काम समयमै नहँदा सस्ती भएको छ । सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगतको पूर्वाधार कार्यालय बैतडीले पाटन लोर्खा सडक कालोपत्रे गर्ने सम्झैता भएको ५ महिला पुरा हुँदासम्म काम सुचारु गराउन सकेको छैन् ।

निमार्ण कम्पनीलाई काम गर्ने कार्यदेश तथा समय समय पत्रचार गरेर समेत काम सुरु नगरेको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख ईं.धिरेन्द्र भट्टले बताए । उनले भने, यहाँ समस्या मै थियो असार तिर सम्झैता भयो, गत बर्ष काम गर्ने सकिने अवस्था थिएन् , अहिले निमार्ण कम्पनीलाई काम समयमै गर्ने पत्रचार गरिएको छ।

निमार्ण कम्पनी प्रमोद कन्टसंनले केही दिनमा काम सुरु गर्ने जनाएको छ । यता सडक धुलाम्मे हुन थालेपछि स्थानीय आक्रोशीत छन् । उनहरुले स्थानीय सरकार पाटन नगरपालिकालाई अनुरोध गरेपछि अहिले नगरपालिकाले धुलोबाट जोगाउन दमकलबाट पानी हाल्न सुरु गरेको नगरपालिकाले जनाएको छ ।

सडक समयमै निमार्ण गर्ने दबाबका लागि स्थानीय पाटन नगरपालिकामा समय समयमा पुग्ने गरेको स्थानीय बिरेन्द्र बिष्टले बताए । सडक धुलाम्य हुँदा बिद्यार्थी, बुढापाखालाई सवारी सधान सञ्चालन भएको बेलामा समस्या हुने गरेको शिक्षक नरेश भट्टले बताए ।

यता मुख्यमन्त्री कमल बहादुर शाह र भौतीक पूर्वाधार मन्त्री सुरेन्द्र पाल उपस्थीत कार्यक्रम पाटन नगरपालिका प्रमुख गौरी रावलले किन काम भएन भन्दै प्रश्न गरेका थिए । मन्त्री पालले जवाफमा बजेट प्रदेशले कालोपत्रेका लागि राखेर र कार्यालयबाट गत बर्ष नै काम गर्ने सम्झैता भएको बताए । उनले ठेकेदारको लापरवाहीले काम नभएको बताए ।  १८ सय मिटर मात्र कालोपत्र हुने जनाएको छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि दिपेन्द्र चन्दले केही दिनमै काम सुरु गर्ने तयारी भइरहेको बताए ।

गत बर्ष यहाँका नागरिकले पटक पञ्चेश्वर सडक खण्ड नै अवरुद्ध गरेका थिए ।

 

 

पाटन–पञ्चेश्वर सडक : लोर्खा क्षेत्रमा मेलौलीका व्यवसायी नायकले गरे ममर्त

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!