प्रदेश स्तरिय उत्कृष्ट भिमदत्त कृषक पुरस्कारबाट बिजले सम्मानित

बैतडी: 

सुदुरपश्चिम प्रदेश स्तरिय उत्कृष्ट भिमदत्त कृषक पुरस्कारबाट जयन्ती बिजले सम्मानित भएकी छन् । राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी जयन्ती पाटन नगरपालिका- ९ बाट निर्वाचीत भई कार्यपालिका सदस्य छन् ।

भुमी व्यवस्था तथा कृषी, सहकारी मन्त्रालय अन्र्तगत पर्ने कृषी विकाश निर्देशनालय सुदूरपश्चिम प्रदेशले धनगढीमा आयोजना गरेको एक औपचारीक कार्यक्रम मार्फत प्रदेशका ५ जना कृषकलाई सम्मानीत गरेको निर्देशनालयले जनाएको छ ।

मुख्यमन्त्री कमल शाहले उनीहरुलाई सम्मान पत्र र नगद ७५ हजार वितरण गरेका छन् । यस्तै डडेल्धुराका प्रसाद अवस्थी र प्रिन्स अवस्थी पनि सम्मानित भएका छन् । डडेल्धुराका दुई उत्कृष्ट किसानहरुलाई नगद ७५ हजार सहित सम्मान गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुरा कृषि अधिकृत तारि सिंह ठकुराठिले जानकारि दिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.