बैतडीको शर्मालीमा बिशेषज्ञ स्वास्थ्य शिविर

बैतडी: बैतडीको शिवनाथ गाउँपालिका-२ को शर्मालीमा शनिबार बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिवनाथ गाउँपालिका र जिल्ला अस्पताल बैतडीको संयुक्त आयोजना र जिल्लास्थित सुरक्षा निकायहरुको सहआयोजनामा नागार्जुन मावि शर्मालीमा बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

उक्त शिविरमा ३ सय ३१ जनाले सेवा लिएका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । गाउँपालिकाबासीलाई उनीहरुकै ठाउँमा बिशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको उनले बताए ।

शिविरमा १ सय २० जनाको भिडियो एक्सरे गरिएको छ । जसमा ४५ जना गर्भवती महिलाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवराज न्यौपानेले बताए ।

यस्तै शिविरमा २२ जनाको रगत जाँच गरिएको छ भने ३२ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । क्यान्सर परीक्षण गरिएकामध्ये एकजनालाई थप उपचारका लागि अन्यत्र सिफारिश गरिएको छ ।

शिविरमा पाठेघर खसेका महिलाहरुको उपचारका साथै चारजनालाई रिङ पेशरी राखिएको न्यौपानेले बताए । यस्तै २० जनाले शिविरमा दाँतसम्बन्धी सेवा लिएका छन् ।

बिशेषज्ञ सेवा लिनका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि स्थानीयस्तरमै शिविरमार्फत बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!