डोटी घर भएका असइले गरे चार महिने छोराको हत्या, नागढुंगाबाट नियन्त्रण

धनगढी: चार महिने निर्दोष शिशुको निर्मम हत्या र पत्नीमाथि ज्यान मार्ने प्रयास गरेको अभियोगमा डोटी घर भएका एक असई पक्राउ परेका छन्। जिल्ला डोटीको शिखर नगरपालिका–५ का पुष्कर कार्कीलाई प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पुष्करले आफ्नै चार महिने छोरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोप लागेको छ। घटनाको क्रममा पत्नी विस्ना साउदमाथि पनि उनले सांघातिक आक्रमण गरेपछि उनी गम्भीर घाइते भएकी छन्। हाल विस्नाको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

पुष्कर र उनकी श्रीमती विस्ना दुवै जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। उनीहरू काठमाडौंको सिनामंगलमा डेरा गरी बस्दै आएका थिए। उनका चार महिने छोरा जन्मजात ब्रेन ट्युमरको समस्या रहेको र उपचारका लागि आर्थिक अभाव भएपछि आफन्त तथा शुभेच्छुकबाट सहयोग संकलन गरिँदै आएको बताइएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!