धनगढी: धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा ‘सुदूरपश्चिम जेन्जी भेला तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ। सुदूरपश्चिमका जेन्जी युवाहरूलाई एकजुट गराउने र नेपालको वर्तमान राजनीतिक परिस्थितिमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जेन्जी युवा विशाल भट्टले बताए ।
कार्यक्रममा विभिन्न जेन्जी अभियानकर्मीले सहभागिता जनाउँदै सरकारले गरेका गलत अभ्यास र वेथितिविरुद्ध युवाहरूले दृढ आवाज उठाउनुपर्ने बताएका थिए। भदौ २३/२४ मा भएका घटनाका विषयमा चर्चा परिचर्चा भएको थियो।
कार्यक्रममा बोल्दै युवा अभियानकर्ता हेमराज थापाले प्रदर्शनका क्रममा ७६ जनाले ज्यान गुमाएको चर्चा गर्दै दोषीलाई कारबाही हुनुपर्ने माग गरे। उनले सबैभन्दा बढी घाइते सुदूरपश्चिमका युवा भएको बताए। थापाले थिए सुदूरपश्चिमका ७ जना युवाले आन्दोलनमा ज्यान गुमाएको भन्दै अहिले सकारले समेत सुदूरपश्चिमकै युवाहरूलाई पक्राउ गरेको भन्दै सरकारको विरोध गरेका छन्।

थापाले भदौ २३ र २४ मा भएको घटनाबारे सरकारले अझैसम्म स्पष्ट जवाफ नदिएको भन्दै जवाफदेहिताको माग गरे। उनले सुदूरपश्चिमका नेताहरू सत्ता र शक्तिमा रहे पनि भ्रष्टाचार, विकासको अभाव र क्षेत्रको दीर्घकालीन समस्याहरू सम्बोधन नहुनु दुःखद रहेको बताए। अब पालो जेन्जीको भन्ने नाराका साथ देश बनाउने कर्तव्य जेन्जीको रहेको र यसका लागी सबै जेन्जीलाई समाजमा सक्रिय हुन हाग्रह गरे।
कार्यक्रममा सहभागी युवाहरूले नयाँ बनेको सरकारले जेन्जी आन्दोलनले उठाएका मुद्दा, भ्रष्टाचार, बेरोजगारी, अविकास, सुरक्षा अभाव, र शासकीय निष्क्रियतालाई कत्तिको सम्बोधन गरिरहेको छ भन्ने प्रश्न उठाए।

कार्यक्रममा मंसिर १० गतेका दिन शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा एमाले कार्यकर्ताहरु र जेन्जीबीच झडपमा परेर घाइते भएकी सरिता जोशीले पनी आफ्नो विचार व्यक्त गरेकी थिइन्। उनले सबै जेन्जी एकजुट भएर समाजिक विकासमा सक्रिय भएर देशलाइ प्रगतिको बाटो तर्फ लग्ने कर्तव्य अब जेन्जीको रहेको बताइन्।

