भाँतकाँडा–बडाल–रेल सडक निर्माणमा चरम लापरबाही, सिडियोले गरे अनुगमन

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, मा पर्ने भाँतकाँडा–बडाल–रेल सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको पाइएको छ। स्थानीयले माटोसहितको बालुवा प्रयोग गरीरहेको भिडीयो समाजीक सञ्चाल फेसबुकमा हालेपछि शोमबार प्रमुख जिल्ला अधिकारी डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालासहितको टोलीले सडक खण्डको अनुगमन गरेको छ।

सीडीओ कोइरालाले गुणस्तरहीन सामग्री प्रयोग भएको देखिएको बताए । उनले समयमै काम नगर्ने र गैरजिम्मेवारीपन देखिएको भन्दै सबै पक्षलाई सचेत गराइने विश्वास स्थानीयलाई दिलाए ।

सडक डिभिजन कुलपाते, डोटीले २०७८ माघमा ११ करोड रुपैयाँमा ४।७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी अनक जोशी मालिका निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।

यता सडक डिभिजन डोटीले समयमै अनुगमन मुख्य राजमार्गका संरचनामा समेत बेला बेलामा प्रश्न उठ्ने गरेको छ । पोखरा अनारखोली सडक करिब १२ बर्षबाट जहिले निमार्णाधिनमा हुन्छ । असारमा कालोपत्रे हुन्छ साउनमा उप्कीन्छ । चालक नरेश भण्डारीले भने, १२ बर्ष सवारी चालक भएको भयो यही बाटो जान्छु आउछु निमार्ण भएको देख्छु। कहिले वाल निमार्ण त कहिले मोड सुधार ५ पटक त मैले उही ठाउँमा कालोपत्रे बनाएको देख्छु।

सडक डिभिजन कार्यालय डोटीले मुख्य राजमार्गमा हुने काममा समेत गुणस्तरीय काम नगराएको भेटीने गरेको छ ।

 

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!