बैतडी : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बैतडीमा ‘बृहत् एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ । पुष ५ गते सदरमुकाम गोठलापनी सभाको आयोजना गरिने जनाएको छ ।
जिल्लाको एकता सन्देश सभामा पूर्वउपप्रधानमन्त्री भीम रावल, नेता खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाहलगायतका केन्द्रीय तथा प्रदेश स्तरका नेताहरू सहभागी हुनेछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक वातावरण निर्माण र संगठनभित्रको स्पष्ट मार्गचित्र तय गर्न यो सभा महत्त्वपूर्ण हुने नेताहरुको बुझाइ छ ।
कम्युनिस्ट केन्द्र निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित मुलुकलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषय सभाको मूल एजेन्डा हुने त्तकालीन नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शकर भण्डारीले बताए ।

