डडेल्धुरामा २० बर्षीय युवती मृत फेला

डडेल्धुरा: 

डडेल्धुराको आलितालमा एक युवती मृत फेला परेकी छन्। आलिताल गाँउपालिका(७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद आज ९बिहिवार० बिहान मृत फेला परेकी हुन्।

sanke

दुर्गा मावि आलितालको कक्षा १२ मा अध्यनरत रहेकी साउद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेको स्थानीयले बताएका छन्। घर नजिकै ५ सय मिटर परको पहिरोमा नन्दाको शव खसेको अवस्थामा बिहान ६स्३० बजे फेला परेको थियो। उनी हिजो राति १२स्३० बजे घरबाट हराएकी थिइन्।

रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउदले बताए। घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक उनको माग छ। प्रहरीको टोली घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

Leave A Reply

Your email address will not be published.