सहकारीको विरुद्ध नेपाली काग्रेस (विपि)ले बुझायो सरकारलाई ज्ञापन पत्र

डडेल्धुरा:

शिवशिखर सहकारी लिमेटेड विरुद्ध नेपाली कांग्रेस (विपि) डडेल्धुराले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा ज्ञापनपत्र बुझाउदै सरकारको ध्यानाकर्षण गरेको छ ।
विगत लामो समयदेखी डडेल्धुरामा कारोवार गर्दै आईरहेको शिवशिखर लिमिटेडले डडेल्धुरामा संकलन गरेको निक्षेप रकम फिर्ता नगरेको र विगत एक महिना देखी कारोवार बन्द गरी संञ्चालक सम्पर्क विहिन भएको भन्दै नेपाली कांग्रेस विपि डडेल्धुराले ध्यानाकर्षण गरेको हो ।

नेपाली कांग्रेस विपिका केन्द्रिय बरिष्ठ उपसभापती कर्ण बहादुर मल्लको नेतृत्वमा उक्त पार्टिका नेता तथा कार्यकर्ताहरुको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी विश्व राज न्यौपाने समक्ष ज्ञापन पत्र बुझाएको हो ।
शिवशिखर सहकारीमा निक्षेप जम्मा गरेका आम डडेल्धुरा बासीले रकम फिर्ता नपाउदा आम सर्वसाधारणमा सहकारी प्रति नकारात्मक दृष्टिकोण बढिरहेको र त्यसको असर स्थानिय सहरकारी सञ्चालकहरु प्रति शंका उत्तपन्न हुन थालेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
साथै ज्ञापनपत्र मार्फत जिल्लामा रहेका विभिन्न बैँकहरुले दोहोरो सहमति गरेर तोकेको व्याजदर भन्दा आफुखुसी चर्को व्याज असुलीरहेको गुनासो सर्वसाधारण तथा व्यापारीहरुबाट आएको सन्दर्भमा आवश्यक समन्वय तथा सहजिकरणका लागी जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई अनुरोध गरिएको छ ।

ज्ञापन पत्र लिदै प्रमुख जिल्ला अधिकारी विश्व राज न्यौपानेले पछिल्लो समय शिवशिखर सहकारीका विरुद्ध धेरै विज्ञप्ती तथा निवेदनहरु आएको र आफुले सम्बन्धित निकाय संग यस घटनाको बारेमा बुझिरहेको बताउनु भयो र नागरिक र सरकारको पहलमा समस्या समाधान हुने बताउदै प्राप्त ज्ञापनपत्रलाई सहकारी विभाग तथा अर्थ मन्त्रालयलाई आवश्यक कारवाहिको लागी अनुरोध गर्दे पठाउने बताउनु भयो ।

बैँक तथा वित्तिय संस्थाका विरुद्धमा डडेल्धुरा जिल्लामा आज देशी उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन सुरु भएको छ भने समयमा नै समस्याको समाधान भएन भने नेपाली कांग्रेस विपि थप आन्दोलनका साथ अगाढी बढ्न नेपाली कांग्रेस विपिका बरिष्ठ उपसभापती कर्ण बहादुर मल्लले बताउनु भयो । उनले यहाँबाट निर्वाचीत जनप्रतिनिधी तथा स्थानीय सरकार अमरगढी जनतामा समास्यमा कानमा तेलहालेर बसेको आरोप लगाए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.