बैतडी:
बैतडीको पाटन नगरपालिका वडा नम्बर १ वडा कार्यालय, शिद्धेश्वर मावि र सकार स्वास्थ्य चौकी भवन अभाव झलिरहेको छ । स्वास्थ र शिक्षा नागरिकको मौलीक हक हो । मौलीक हकको सुनिश्चित गर्न भवन अभावले समस्या निम्तीएको छ । जिल्लामै उत्कृष्ट सेवा दिने स्वास्थ्य संस्था सकार स्वास्थ्य चौकीलाई भवन अभावले जनमैत्री सेवा दिन चुनौती रहेको स्वास्थ्य चौकी इन्र्चाज नरेन्द्र भट्टराईले बताए । उनले भने, ‘सुबिधा सम्पन्न भवन भएर हामीले जनमैत्री तथा छिटो छरितो सेवा दिन गाह्रो छ तर हामीले सेवामा कुनै कन्जुसाई गरेका छौनन् ।’
स्वास्थ्यसंगै यहाँको एक मात्र मावि बिद्यालय शिद्धेश्वर मावि मेल्चोराले पनि भवन अभावले गर्दा बिद्यालय एकै कक्षामा ८० देखी ९० सम्म अध्ययपन गर्नु पर्ने बाध्यता रहेको बिद्यालय व्यवस्थाप समिती अध्यक्ष हिम्मत रावलले बताए । उनले भने, ‘बिषय फरक फरक छन् सबैलाई अगल अगल बढाउन समस्या छ कक्षा कोठाको केहीले अफिसमा कहिले फिल्डमै पढाउछन सरहरु ।’
शिद्धेश्वर माविमा डैसिली, सकार, गणेशपुर, बटुलासौ, पोखरी, लदैली, अरतोला, कापडी लगायतका गाउँका बिद्यालय आउने गरेका छन् । भवनका लागि वडा, नगरपालिका, प्रदेश, र संघ सरकारलाई बेला बेला माग गरिरहेका शिक्षक अभिवाक संघका अध्यक्ष गणेश भट्टराईले बताए ।
वडाको बजेटले भवनहरु निमार्ण गर्न नसकिने भएकाले नगरपालिका, प्रदेश, र संघ सरकार विभिन्न समयमा सिफरित तथा माग पत्र दिइसकेको वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए। वडा कार्यालय नै जिर्ण भवन भएकाले यो बर्ष पाटन नगरपालिको वडा कार्यालय निमार्णका लागि १५ लाख बजेट विनीयोजन गरेको अध्यक्ष ठगुन्नाले बताए ।