बैतडी:
डडेल्धुरा: डडेल्धुरामा टिप्पर दुर्घटना भएको छ।
धनगढीबाट बैतडी आउँदै सिमेन्ट बोकेको टिप्पर डडेल्धुराको अमरगढी नगरपालिका ८ रातोगुराँश रिसोर्ट नजिक सडक छेउमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए ।
सिमेन्ट बोकेको से १ ख ११३० नम्बरको टिप्परको अगाडिको भाग सडकको नालीमा फसेर टिप्परमा समान्य क्षति भएको छ ।
२३ बर्षीय चक्रबहादुर ऐरले चलाएको टिप्पर शुक्रबार दिउँसो पौने ५ बजेतिर दुर्घटना हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।