विद्यालयहरूले मनमानी शुल्क लिएको भन्दै अनेरास्ववियु डडेल्धुराले गरायो नगरपालिकाको ध्यानाकर्षण

डडेल्धुरा:

डडेल्धुराका विद्यालयहरूले विद्र्यार्थीबाट चर्को शुल्क लिएको भन्दै नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले अमरगढी नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

शुक्रबार अमरगढी नगरपालिकाको कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै चर्को शुल्क लिएको विषयमा अनेरास्ववियु डडेल्धुराले ध्यानाकर्षण गराएको छ। संविधानमा भएको व्यवस्थालाई बेवास्था गर्दै अमरगढीभित्र संचातिल विद्यालयले ११ र १२ का विद्यार्थीहरूबाट चर्को शुल्क लिएकाले नगरपालिको ध्यानाकर्षण गराइएको जिल्ला संयोजक गणेशबहादुर क्षेत्रीले बताए।

‘नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३१ को उपधारा २ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भन्ने व्यवस्था गरिएको छ’, अनेरास्ववियुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘संविधानमा भएको व्यवस्थालाई बेवास्थगा गर्दै ११ र १२ मा विद्यार्थीहरूबाट चर्को शुल्क लिएकोमा अमरगढी नगरपालिकाको ध्यानाकर्षण गराउँदछौँ।’

अनेरास्ववियुले संविधानले दिएको विद्यार्थी अधिकार कार्यान्वयनका लागि नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएको हो। साथै निजी शैक्षिक संस्था संचालन ऐनअनुसार अनिवार्य जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति प्रक्रिया पु¥याई भर्ना गरी आफ्नो शैक्षिक संस्थाको वेबसाइट तथा सूचना पाटीमा अनिवार्य सार्वजनिक गरी प्रक्रियागत रूपमा छात्रावृतिमा भर्ना गराउनुपर्नेमा कुनै सूचना सार्वजनिक नगरी कागजी रूपमा मात्र सीमित विद्यार्थीलाई छात्रवृति दिएको पाइएको अनेरास्ववियुले जनाएको छ।

us dintal patan
Leave A Reply

Your email address will not be published.