सकार स्वास्थ्य चौकीको सार्वजनीक सुनुवाई तथा सामाजीक लेखा परिक्षण सम्पन्न

बैतडी: 

बैतडीको पाटन नगरपालिका वडा नम्बर १ मा पर्ने सकार स्वास्थ्य चौकीको सार्वजनीक सुनुवाई तथा सामाजीक लेखा परिक्षण सम्पन्न गरेको छ । स्वास्थ्य चौकीबाट प्रवाह भएको सेवा तथा प्रगति बिवरण सार्वजनीक गदै सुनुवाई सकिएको इन्चार्ज नरेन्द्र भट्टराईले बताए । आर्थिक बर्ष २०७९ /८० को आय ४ लाख १० हजार ३ सय ३२ र व्यय ३ लाख ६७ हजार १ सय ५६ र कुल बचत ४३ हजार १ सय ७६ रहेको सार्वजनीक विवरणमा उल्लेख गरेको छ ।

वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तर्कसिह ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको कायक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, पत्रकार, स्वंमसेवीका लगायत स्थानीयको उपस्थीति थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.