मन्त्रालयले सुदूरपश्चिमका ८ नगरपालिकामा कार्यालय प्रमुख रुपमा उपसचिव पठायो

काठमाडौँ :

२८ जना उपसचिवहरूको पदस्थापन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरूलाई पदस्थापन तथा कामकाजमा खटाएको हो ।

यसरी खटाइएकामध्ये २५ जना विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र बाँकी तीन जना अख्तियार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका छन् ।

बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा ओमप्रशाद पाण्डे, डडेल्धुराको परशुराम नगरपालिका पदमराज अर्याल, बाजुराको बुडीगंगामा पदम लाल लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिकामा जगदीश अर्याल लगायतका ८ सुदूरपश्चिमका स्थानीय तहमा उपसचिवको पदस्थापना गरेको छ ।

कर्मचारी नै भएनन् भन्ने स्थानीय तहको गुनासो सम्बोधन गर्न आफू लागि परेको र सोही अनुशार पठाइएको मन्त्री अमनलाल मोदीले जनाएका छन् । उनले स्वास्थ्य र मानवीयताका हिसाबले हेर्नै पर्नेबाहेक कर्मचारी व्यवस्थापनमा पहिलो प्राथमिकता नै स्थानीय तह रहेको बताउँदै कर्मचारी पठाउँदा कुनै मोलाहिजा नहेरी खटनपटन गरेको दाबी गरेका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.