कञ्चनपुरमा ‘एडिज’ लामखुट्टेको लार्भा सङ्कलन : जापानमा अध्ययन हुने

कञ्चनपुर;

कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो ।

लार्भाबाट वयस्क लामखुट्टे उत्पादन भएपछि त्यसमा डेङ्गु भाइरसको सङ्क्रमणको अवस्थाबारे अध्ययन गरिने छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशानालायका ‘भेक्टर कन्ट्रोल’ अधिकृत हेमराज जोशीका अनुसार विगतका वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिएको थियो । यसैबेलादेखि डेङ्गु रोग सार्ने एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टे सङ्क्रमित भएका थिए ।

ती सङ्क्रमित लामखुट्टेका लार्भा अहिले पानी परेपछि वयस्क हुने क्रममा रहेका छन् । “वयस्क हुन खोजेका लामखुट्टेको लार्भामा सङ्क्रमण छ कि छैन भन्नेबारे अध्ययन गर्न सङ्कलनको कार्य गरेका छौँ”, उनले भने, “यस प्रकारको अध्ययन नेपालमा सम्भव नभएकाले जापानको भाइरोलोजीसम्बन्धी प्रयोगशालासँग समन्वय गरी अध्ययन गरिने भएको छ ।”

निर्देशानालायका भेक्टर कन्ट्रोल अधिकृत जोशीका अनुसार डेङ्गु रोग भाइरसको कारणले लाग्ने गर्दछ । विभिन्न चार प्रकारको भाइरसले मानिसलाई डेङ्गु रोगबाट सङ्क्रमित गराउन सक्छ । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सार्ने काम सङ्क्रमित एडिज लामखुट्टेले गर्दछ । एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेले रोग सार्ने कुरा प्रमाणित भएको उनले बताए।

“एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टसले डेङ्गु रोग सार्नका लागि लामखुट्टे डेङ्गु भाइरसबाट सङ्क्रमित हुनुपर्दछ”, उनले भने, “लामखुट्टे सङ्क्रमित हुनका लागि कुनै डेङ्गु रोग लागेको मानिसलाई टोक्नुपर्ने हुन्छ, एकपटक वयस्क लामखुट्टे डेङ्गु भाइरसबाट सङ्क्रमित भएपछि त्यसबाट जन्मिने बच्चामा स्वतः सङ्क्रमण आउने गरेको कुरा विभिन्न विद्वानहरूले पत्ता लगाएका छन् ।”

यही सङ्क्रमण पत्ता लगाउन लामखुट्टेको लार्भा सङ्कलन गरेर वयस्क लामखुट्टेमा सङ्क्रमण छ कि छैन भनी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालाले अध्ययनको काम सुरु गरेको उनको भनाइ छ । swasthyakhabar

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.