बैतडी:
बैतडीको सिगास गाउँपालिका–६ ले टोल टोलमै पुगेर सामाजिक सुरक्षाभत्ता परिचयपत्रका लागि नविकरण गरेको । सिगास-६ का वडा अध्यक्ष तेजबहादुर साउदसहितको टोलिले वडा भित्रका जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका ब्यक्तिहरुको परिचयपत्र नविकरण गरिएको हो ।
बर्षातमा वडा कार्यालयसम्म आवत जावतमा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता समस्या हुने भएकाले टोलटोलबाटै परिचयपत्र नवीकरण गरेको वडा अध्यक्ष साउदले बताए। उनले भने, ‘बर्षातमा वडा कार्यालयसम्म आवत जावतमा राम्रो मान्छेलाई त समस्या छ, अपाङ्गता, जेष्ठ नागरिकहरुलाई त गाह्रो हुने भएकाले टोलमै गएर नविकरण गरेका छौँ।
मसानीझाडमा नाकरा, लेकम, वरपिपल, मोरीबगर, खेती, जोगीचिउरा,बस्ती, सिम्तोला,नभाल्धुन र थलार, थला, लटौला र मल्लो थला टोलमा नवीकरण कार्य गरिएको वडा साउँदले बताए ।
जेष्ठनागरिक, एकल महिला, अपाङ्गता भएका ब्यक्तिहरु गरी २ सय ५० जनाको सामाजिक सुरक्षाभत्ताका लागि परिचयपत्र नवीकरण गर्न फोटोसहितका कागजात फाईल तयार गरिएको वडा कार्यालयले जनाएको छ ।
विगतमा सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र नविकरण गर्ने वडा कार्यालय धाउनु पर्ने बाध्यता थियो । नविकरण टिम टोलटोलमै आएपछि यहाँका सामाजिक सुरक्षाभत्ता पाउने सेवा ग्राहीलाई सहजता भएको स्थानीयले बताए ।