डडेल्धुरा:
डडेल्धुराको अजयमेरु गाउँपालिका आर्थिक बर्ष २०७९/८० को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक बर्ष २०७९/८० को योजना तथा कार्यक्रमहरुको समिक्षा गरी चालु आर्थिक बर्षमा कसरी जनमत्री हुन सकिन्छ भने छलफल भएको प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर सेटीले बताए ।
गाउँपालिकाले गत आर्थिक बर्षमा ९५.५२ प्रतिशत भौतीक प्रगति र ९३.१९ प्रतिशत वितिय प्रगति हासिल गरेको गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्ट विकाश ले बताए । उनले यो प्रगति हासिल गर्न आ-आफनो स्थानमा सहयोग गर्नु हुने उपभोक्ता समितिका पदाधिकारिहरु,सबै जनप्रर्तिनिधिहरु,निर्माण व्यवसायिहरु र कार्यालयको सबै टिम लाई धन्यवाद आगामि दिनहरुमा पनि रचनात्मक सल्लाह सुझावका अपेक्षा राखेको बताए ।
गाउँपलिकाले सोमबार सार्वजनीक सुनुवाई समेत आयोजना गर्ने प्रमुख प्रशासकीय अधिकृत सेटीले बताए ।