कोशी प्रदेशका सभामुखले राजीनामा दिने

काठमाडौं:

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार गठनका लागि सघाउने भएका छन्। नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका उनले मंगलबार नै राजीनामा दिन तयार भएको उक्त पार्टीको संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए।

आङ्बोले नेपाल लाइभसँग भने, ‘सभामुख राजीनामा दिन तयार भइसक्नु भएको छ। पार्टी नेतृत्वको पहलमा उहाँले राजीनामा दिएर गठबन्धनको उम्मेदवारले बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा समयमै दाबी गर्छ।’

मुख्यमन्त्रीमा भने नेपाली कांग्रेसकै उद्धव थापालाई निरन्तरता दिने वा अन्य दलबाट बनाउने भन्ने टुंगो लगेको छैन। गठबन्धनभित्रबाट सहमतिमा मुख्यमन्त्री बनाइने उनले बताए।

आङ्बो पनि मुख्यमन्त्रीका लागि दाबेदार छन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत ग्रिन सिग्नल दिएको बुझिएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.